
काठमाडौं, कात्तिक १२ :
दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।
दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य २० जना उपचारपछि घर फर्केका छन् ।
बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्त बहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।