काठमाडौं, कात्तिक १२ :

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना भएको छ ।

हिउँमा फसेकाहरुलाई लिँन जाँदा दुर्घटना भएको बताइएको छ । हिउँमा चिप्लिएर दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

अल्टिच्युड एयरको नाइन एन एमएसको हेलि दुर्घटना भएको हो । दुर्घटनामा पाइलट सकुशल विवेक खड्का सकुशल रहेका छन् ।

अहिले पाइलटलाई लिनका लागि लुक्लाबाट कैलाश एअरको हेलिकप्टर त्यहाँ जाँदैछ ।