शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण #पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण
समाचार

प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा दायर परेका रिटको सुनुवाइका लागि संवैधानिक इजलास गठन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १२ कात्तिक, २०८२ मा प्रकाशित
प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा दायर परेका रिटको सुनुवाइका लागि संवैधानिक इजलास गठन
काठमाडौं, कात्तिक १२ :

प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा  रिटको सुनुवाइका लागि संवैधानिक इजलास गठन भएको छ ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि प्रसाद फुयाँल र मनोज कुमार शर्मासहितको  संवैधानिक इजलास गठन भएको हो ।प्रधान न्यायाधीश राउतले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेका हुन् ।

यसअघि प्रधान न्यायाधीशले ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्तिसम्बन्धी मुद्दाको फैसलामा आफू अल्पमतमा परेपछि  संवैधानिक इजलासबाट न्यायाधीश छान्ने प्रस्ताव गरेका थिए ।

तर सर्वोच्चका कैयौँ न्यायाधीशहरूले गोला प्रक्रिया नअपनाउन, बरु संविधानमा भएको व्यवस्था बमोजिम आफूले नै अरू चार न्यायाधीश छान्न सुझाव दिएका थिए । त्यही सुझावका आधारमा राउतले बाँकी चार न्यायाधीश छानेर संवैधानिक इजलास गठन गरेका थिए ।

जेनजी आन्दोलनपछि अन्तरिम प्रधानमन्त्री नियुक्ति, प्रतिनिधिसभा विघटन र सरकार गठनसँग जोडिएका रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

संवैधानिक इजलासमा पेस हुने कैयौँ रिट निवेदनमा सरकार विरुद्ध अन्तरिम आदेशको माग छ ।

राष्ट्रपतिले नियुक्त गरेका प्रधानमन्त्रीले गठन गरेको सरकारले निर्वाचनका लागि काम थालेको करिब डेढ महिना बितिसकेको छ भने अबको साढे ४ महिनाभित्र निर्वाचनको मिति तोकिएको छ ।

अन्तरिम आदेश जारी नगर्दा कुनै अपूरणीय क्षति हुने र पछि फैसला गर्दा निकै ढिलो हुने अवस्था बनेमा अन्तरिम आदेश जारी गरिन्छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले विषयवस्तुको अत्यावश्यकपन र अपूरणीय क्षतिबिचको सन्तुलन हेरेर अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्क्योल गर्नेछ ।

संवैधानिक इजलासलाई अन्तरिम आदेश जारी गर्ने, अन्तरिम आदेश जारी नगरी कारण देखाऊ आदेश मात्रै जारी गर्ने वा छलफलका लागि दुवै पक्षलाई बोलाउने जस्ता विकल्पहरू छन्। पाँच सदस्यीय इजलासले यी विभिन्न मध्ये एउटा विकल्प सहितको आदेश जारी गर्नेछ ।

प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै  रिट दायर भएका हुन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार