
बुटवल, कात्तिक १२ :
रुपन्देहीमा यात्रुवाहक ईभी (विद्युतीय) गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा सैनामैना–८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कञ्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेका छन् ।
गम्भीर घाइते हुनेमा गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहेका छन् । उनीहरूलाई प्रारम्भिक उपचारपछि गम्भीर चोटका कारण थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको उक्त ईभी गाडी रुपन्देहीको रुद्रपुरतर्फ जाँदै गर्दा राति करिब १०ः३० बजे अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किँदा करिब तीन मिटर तल खसेको थियो ।