काठमाण्डौँ , असोज ७ :

आज विभिन्न तीनवटा समितिका बैठक बस्दै छन् ।

प्रतिनिधि सभा अन्तर्गत बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।

सिंहदरबारमा बस्नै बैठकमा समितिले आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुने कार्यसूची रहेको छ।

राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे बोलाईको छ।

बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिका विषयमा छलफल हुने जनाइएको छ। त्यसैगरी आजकै बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।