आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

दुर्गा प्रसाईंले गरे मंसिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा

आन्दोलन हिंसात्मक नहुने प्रतिबद्धता
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १२ कात्तिक, २०८२ मा प्रकाशित
दुर्गा प्रसाईंले गरे मंसिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा
काठमाडौं, कात्तिक १२ :

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् ।

बुधबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसंगको छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने जानकारी गराएको बताए।  आन्दोलन हिंसात्मक नहुने र मेचीदेखि महाकालीसम्मका क्षेत्रमा सञ्चालन हुने उनले बताए।

उनले मंसिर ७ गते दिल्लीमा दलहरु र माओवादीबीच १२ बुँदे सम्झौता भएको र त्यही कारण मुलुक अप्ठेरो अवस्थामा आएपुगेकाले मंसिर ७ गते देखि नै आन्दोलन सुरु गर्न लागेको उल्लेख गरे । आन्दोलनका क्रममा कसैले उल्लङ्घन गरे त्यसको जबाफदेही अभियान नहुने उनको भनाइ छ ।

जेनजी आन्दोलन हाइज्याक भएर विदेशीको इशारामा सत्ता हत्याउने काम भएको भन्दै उनले त्यस्तो आन्दोलन आफूहरुको नहुने स्पष्ट पारे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार