काठमाडौं, कात्तिक १२ :

सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति तोकेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले  राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको हो ।

फागुन २० गते १९ जना सदस्यको पद रिक्त हुदैछ । रिक्त हुन लागेका ती स्थानहरुमा पदपूर्ति गर्न निर्वाचन गर्न लागिएको सरकारको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना  प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।