काठमाडौं, कात्तिक १२ :
प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच सुरु भएको संवादलाई निरन्तरता दिनुपर्ने बताएकी छन्।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको त्रिपक्षीय बैठकको सुरुवातमा बोल्दै उनले सबै पक्षको सहकार्य र निरन्तर संवादबाट मात्र देश निर्माण सम्भव हुने उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘सबै विचारको आदानप्रदान गरौँ। मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन।’
उनले संवादलाई एकपटकको छलफलमा सीमित नराखी बारम्बार गर्नुपर्नेमा जोड दिइन्। ‘एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ। हामीले सुरुवात गरेका छौँ,’ उनले भनिन्।
जेनजी आन्दोलनपछि सरकार, दल र जेनजी प्रतिनिधिबीच संयुक्त रुपमा भएको यो पहिलो औपचारिक बैठक हो। बैठकमा जेनजी तर्फबाट १५ जना र दलका तर्फबाट १६ जना प्रतिनिधि सहभागी भएका थिए।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त
कारागारमा हुँदाको भाकल पूरा गर्न रवि पत्नीसहित नैनीतालस्थित कैचीँधाम पुगे
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त