बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

काभ्रेभञ्ज्याङबाट २६ बाक्सा पटाका बरामद

· आइतबार, ७ असोज, २०८१ मा प्रकाशित
काभ्रेभञ्ज्याङबाट २६ बाक्सा पटाका बरामद
फाइल फोटो
काभ्रे, असोज ७ :

बिपी राजमार्ग सडकखण्ड अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका- ९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ ।

नियमित सवारी साधन जाँचका क्रममा शनिबार साँझ सिराहबाट भुस्सा लोड गरी काठमाडौँ तर्फ आउँदै गरेको ना५ख ७१७९ नम्बरको ट्रकमा लुकाइ छिपाई ल्याएको २६ बाक्सा पटाका बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जोकर लेखिएको प्रति प्याकेटमा ८० का दरले पाँच बाक्सामा चार सय प्याकेट, हाईस्पेड स्पिनर चक्र लेखिएको प्रति बाक्सा दुई सय ४० बण्डलका दरले पाँच बाक्सामा गरी एक हजार २०० प्याकेट र प्रतिप्याकेट १५ पिसका दरले ४८ प्याकेटको सिङ्गल रकेट लेखिएको दुई बाक्सा बरामद भएको जानकारी दिनुभयो ।

यस्तै, खुर्सानी  लेखिएको पटाका १४ बोरामा प्रति बोरा १७- १८ का दरले जम्मा दुई सय ३९ बण्डल (प्रति बण्डलमा ५० प्याकेट र प्रति प्याकेटमा २४ पिसका दरले) गरी दुई लाख ८६ हजार आठ सय पिस बरामद गरिएको प्रहरीले जनाएको छ । 

पटाका सहित ट्रक नियन्त्रणमा लिए पनि चालक भने फरार रहेको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार