गृह मन्त्रालयले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको हानि नोक्सानीबारे निजी क्षेत्रसँग छलफल गर्न जिल्ला सुरक्षा समितिलाई अनुरोध गरेको छ ।
मन्त्रालयको आजको सचिवस्तरीय निर्णयानुसार आन्दोलनका क्रममा सार्वजनिक तथा निजी क्षेत्रसमेतमा सम्पत्तिको हानि नोक्सानी भएका सम्बन्धमा अनुकूल व्यावसायिक वातावरण तयार गर्न र त्यहाँ जिल्ला सुरक्षा समितिका पदाधिकारी समेतको उपस्थितिमा जिल्लास्थित उद्योग वाणिज्य सङ्घलगायत व्यवसायीको सहभागितामा बैठक राखी आवश्यक समन्वय गर्न अनुरोध गरिएको हो ।
मन्त्रालयले भनेको छ, ‘गत भदौ २३ र २४ गते जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको विदितै छ, जिल्ला सुरक्षा समितिका पदाधिकारीसमेतको उपस्थितिमा जिल्लास्थित उद्योग वाणिज्य सङ्घलगायत व्यवसायीको सहभागितामा बैठक राखी आवश्यक समन्वय गर्न/गराउनु अनुरोध छ ।’
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
पूर्वराष्ट्रपति भण्डारी ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुन चीन प्रस्थान