काठमाडौं, कात्तिक १४ :

नारायणगढ मुग्लिन सडक खण्डको तुईन खोला पुल नजिकै गएको पहिरोका कारण अवरुद्ध भएको सडक सुचारु भएको छ ।

अहिले ढुंगा झर्ने क्रम रोकिएकोले पहिरो हटाएर सडक सुचारु गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम रहेको छ ।  सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न यात्रुहरुलाई कार्यालयले आग्रह गरेको छ ।