सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण #लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण
राजनीति

जेन-जी आन्दोलन : शीतल निवास तोडफोड र लुटपाटमा संलग्न तीन जना पक्राउ

प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १४ कात्तिक, २०८२ मा प्रकाशित
जेन-जी आन्दोलन : शीतल निवास तोडफोड र लुटपाटमा संलग्न तीन जना पक्राउ
फाइल तस्बिर ।
काठमाडौं, कात्तिक १४ :

राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा रहेका छन्।

उनीहरूमाथि चोरी र आपराधिक उपद्रवको मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जेनजी आन्दोलनका क्रममा उनीहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड, आगजनी गरी त्यहाँ रहेका सरसामान चोरी गरेका थिए। घटनापछि उनीहरूको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको बताएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार