बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

रामकुमारी झाँक्री भन्छिन्– बहुमतले माओवादीमा जाने निर्णय गरे पनि हामी सहभागी हुन्नौं

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १४ कात्तिक, २०८२ मा प्रकाशित
रामकुमारी झाँक्री भन्छिन्– बहुमतले माओवादीमा जाने निर्णय गरे पनि हामी सहभागी हुन्नौं
फाइल तस्बिर ।
काठमाडौं, कात्तिक १४ :

माओवादी केन्द्रसँगको पार्टी एकताबारे एकीकृत समाजवादीभित्र मतभिन्नता देखिएको छ। पार्टीका केही नेताहरूले माओवादी केन्द्रसँग हतारमा पार्टी एकता गर्न नहुने धारणा राखेका छन् ।

नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र बहुमतको आधारमा नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने निर्णय भए पनि आफूहरू उक्त प्रक्रियामा सहभागी नहुने स्पष्ट गरेकी छन् ।

पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाँक्रीले माओवादी केन्द्रसँग हुने प्रक्रिया वाम एकता नभई ‘मर्जर’ (पार्टी विलय) को दिशामा गएको बताइन् । उनका अनुसार, यस्तो मर्जरले वामपन्थी आन्दोलनलाई सुदृढ गर्नुभन्दा पनि पार्टीभित्र तानाशाही प्रवृत्तिलाई बलियो बनाउने खतरा बढाउँछ ।

उनका अनुसार, अहिलेको एकता प्रक्रियामा केही नेताहरूको व्यक्तिगत एजेन्डा हाबी भएको कारणले आफू र केही सहकर्मीहरू सहभागी नहुने निर्णयमा पुगेका छन् । सम्मानित नेता झलनाथ खनाल,घनश्याम भुसाल लगायतका नेताहरु तत्काल माओवादीसँग एकता गर्ने पक्षमा देखिदैनन् ।

यसैबीच,एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले भने माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता हुने बताए। उनका अनुसार, यसपटकको एकता विगतका कमजोरीहरू चिर्नेगरी अघि बढाइनेछ र वाम आन्दोलनलाई नयाँ दिशातर्फ लैजाने लक्ष्य रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार