बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
समाचार प्रदेश गण्डकी प्रदेश

मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिइन्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १४ कात्तिक, २०८२ मा प्रकाशित
मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिइन्
फाइल तस्बिर ।
गोरखा, कात्तिक १४ :

मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छन् । चुमनुब्री–३ न्याक फेदीनेर खसेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा पुरिएकी उनका गाइड रमेश भट्टले जानकारी दिए  ।

न्याक फेदीभन्दा केहीमाथि भिरमा आज दिउसो २ बजेतिर घटना भएको उनले बताए । ‘भिरबाट झरेको ढुङ्गाले उनलाई पुरेको छ । टाउको मात्र देखिएको छ, उनले भने, ‘उनको श्रीमान् र मचाहिँ सकुशल छौँ ।’

त्यतिबेला ठूलो पर्यटकको समूह रहेको उनले बताए । ‘उहाँ पुरिए पनि पहिरोको डरले कसैले उद्धार गर्न सकेनन्’, उनले भने । घटनास्थल बस्तीबाट धेरै टाढा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए । त्यसतर्फ फिलिम चौकीबाट प्रहरी पठाइसकिएको उनले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार