
काठमाडौं, कात्तिक १५ :
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत युएई भ्रमणमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ।
शनिबार भएको तेस्रो खेलमा अमेरिकासंग नेपाल ४ विकेटले पराजित भएको हो ।
यो सँगै शीर्ष स्थानको अमेरिकाले २३ खेलबाट ३४ अंक पुर्याएको छ। १९ खेल खेलेको नेपाल १२ अंक सहित सातौं स्थानमा यथावत रहेको छ। युएईको आईसिसी एकेडेमीमा भएको खेलमा नेपालले दिएको २७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।