भारत,साउन १६ : भारतको दक्षिणी राज्य केरलामा गएको भीषण पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ५८ नाघेको छ । २ सय २० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् ।


उद्धारकर्मीहरूले भत्किएको छाना र भत्किएका घरहरूको भग्नावशेषमुनि सम्भावित जीवित व्यक्तिहरूको खोजी भइरहेको बताएका छन्।
माटो र पानीको बाक्लो धारले घरहरु बगाएको छ । उक्त क्षेत्रमा भारी वर्षा जारी रहेकाले उद्धार कार्यमा बाधा पुगेको समाचार छ ।