कात्तिक १६ :

 नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

आज दिउँसो एक बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेसमा देखिएको महाधिवेशनको मिति तोक्ने बिषयमा उत्पन्न विवाद मिलाउन भएका प्रयास असफल भएपछि गत शुक्रबार बैठक स्थगित भएको थियो । महामन्त्री द्वय गगन थापा र विश्व प्रकाश शर्मा सकेसम्म मंसिरभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।

पार्टीभित्र डा शेखर कोइराला नेतृत्वको इतर समूह आगामी मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने अडानमा छ ।

नेता डा कोइरालाले एक वर्ष अगाडिदेखि नै पार्टी महाधिवेशन २०८२ मंसिर भित्रै नियमित महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् ।

शेरबहादुर देउवा नेतृत्वको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद मंसिर मसान्तमा सकिदैछ ।

यसअघि नै युवा नेता गुरु राज घिमिरेको नेतृत्वमा विशेष महाधिवेशनको माग गर्दै दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले  कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका छन् ।