शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

‘शान्ति सुरक्षाका लागि राज्यले बल प्रयोग गर्दा त्यसलाई अपराध भन्न मिल्दैन’

· सोमबार, १७ कात्तिक, २०८२ मा प्रकाशित
‘शान्ति सुरक्षाका लागि राज्यले बल प्रयोग गर्दा त्यसलाई अपराध भन्न मिल्दैन’
काठमाडौं, कात्तिक १७ :

नेकपा एमालेका महासचिव शंकर पोखरेलले शान्ति सुरक्षाका लागि राज्यले बल प्रयोग गर्दा त्यसलाई अपराध भन्न नमिल्ने बताएका छन् । प्रेस चौतारी नेपालको आयोजनामा भएको पत्रकार सम्मेलनमा उनले शान्ति सुरक्षा कायम गर्नु राज्यको दायित्व भएको बताए ।

जेनजी आन्दोलनमा घुसपेठ भएको बताउँदै उनले राज्यका सम्पत्ति ध्वस्त पार्ने काममा उनीहरुको भूमिका हुनै नसक्ने बताए । उनले जेनजी आन्दोलनमा भएका आगजनी,लुटपाटका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए । तर अहिले सरकारले गठन गरेको आयोगबाट त्यो सम्भव नहुने पोखरेलको भनाइ थियो ।

नेपाल प्रहरीको मनोबल उच्च नभएसम्म सुरक्षाको प्रत्याभूत सक्दैन उनले भने ‘सरकारले सबैभन्दा पहिला नेपाल प्रहरीको मनोबल उच्च बनाउनु पर्नेपर्छ ।’ उनले नेकपा एमालेले आगामी दिनमा लागेका कार्यक्रमहरुको बारेमा समेत जानकारी गराए । एमाले सधै युवाको साथमा रहेको भन्दै उनले  जनताले कहिले पनि अराजकता र लुटपाटलाई साथ नदिने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार