शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

प्रधानमन्त्री कार्की समक्ष मन्त्री र सचिवद्वारा प्रगति प्रतिवेदन पेस

कार्यप्रगति कमजोर नहोस्, सुधारमा जोड
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १७ कात्तिक, २०८२ मा प्रकाशित
प्रधानमन्त्री कार्की समक्ष मन्त्री र सचिवद्वारा प्रगति प्रतिवेदन पेस
काठमाडौं, कात्तिक १७ :

प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठनपछि सम्पन्न भएका कार्यहरूको प्रगति विवरण लिनका लागि सोमबार सबै मन्त्री र सचिवहरूको संयुक्त बैठक गरेकी छन्। सिंहदरबारमा जारी बैठकमा मन्त्रालयका सचिवहरूले आफ्नो–आफ्नो मन्त्रालय र मातहतका निकायहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरिरहेका छन्।

यस्तै बैठकमा मन्त्रीहरूले पनि आफ्ना मन्त्रालयका कामकारबाही, आगामी योजना र नीति कार्यान्वयनमा देखिएका समस्या र सम्भावित समाधानबारे प्रस्तुत गरिरहेका छन्।  

प्रधानमन्त्री कार्कीले हालसम्मको कार्यप्रगति सुनेपछि आगामी दिनमा सुधार गर्नुपर्ने क्षेत्रहरू पहिचान गर्न र कार्यान्वयनमा देखिएका चुनौतीहरू समाधान गर्न विशेष ध्यान दिन आग्रह गरेकी छन्। प्रधानमन्त्रीले समग्र सरकारी संयन्त्रलाई प्रभावकारी बनाउन नियमित समिक्षा बैठकलाई निरन्तरता दिने योजना बनाएकी छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार