
काठमाडौं, कात्तिक १७ :
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ । बैठकमा विकसित पछिल्लो राजनीति अवस्था, सरकारका कामकारबाही विषयमा छलफल भइरहेको छ । नियुक्ति,सरुवा, बढुवा वैदेशिक सहयोग लगायतका बारेमा पनि छलफल हुने स्रोतले बताएको छ । यो नियमित बैठक हो ।
मन्त्रिपरिषद्को बैठक अगाडि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिइन् । सुशासन, पारदर्शिता र सुधारमा जोड दिन भन्दै १४ बुँदे निर्देशन दिएकी थिइन् ।