काठमाडौं, कात्तिक १८ :

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आज बस्दैछ ।

बैठक आज दिउसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी दिएका छन् ।

आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरूलाई बैठकमा उपस्थित हुन समेत अनुरोध गरिएको छ। आजको बैठकमा संस्थापन र इतर दुवै पक्षले महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने तयारी गरेका छन् ।

संस्थापन इतर समूहले आगामी मंसिर मसान्तभित्र महाधिवेशन गर्नुपर्ने माग राख्दै आएको छ भने संस्थापन पक्षले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएको छ ।

पटक पटक स्थगित हुदै आएको काँग्रेस केन्द्रिय समितिको आजको बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत हुने एक नेताले बताएका छन् ।