गोरखा, कात्तिक १८ :

चुमनुब्री-१ पाङबोचेस्थित पाङबारी पिक हिमाल आरोहणका लागि पुगेका दुई आराेही मृत भेटिएका छन् ।इटालियन ननगरिक ५१ वर्षका फार्नातो स्तेफानो र २८ वर्षका कापुतो आलेस्सान्द्रो मृत भेटिएका जिल्ला प्रहरी कार्यलय गाेरखाले जनाएको छ । 

कात्तिक १ गते पिक आराेहणका लागि पुगेका उनीहरू  कात्तिक १३ बाट सम्पर्कविहीन भएका थिए ।  मंगलबारदेखि भएकाे हिमपातका कारण पिकमा फसेका दुवैजनाको हिउँमा पुरिएको अवस्थामा शव फेला पारिएको हो।

चुमनुब्री -१ पाङबोचेस्थित ताजुङ भञ्ज्याङ नाका जाने बाटोमा पर्ने पाङबारी पिक हिमाल आरोहणका लागि ३ इटालियन नागरिकसहित ६ जना गएका थिए । एक इटालियनसहित ४ नेपालीको भने आइतबार उद्धार गरिएको थियो ।