
काठमाडौं, कात्तिक १९ :
नेकपा माओवादी केन्द्र,नेकपा समाजवादी सहितका दल सहभागी एकता प्रक्रियामा असहमति जनाएका पक्षले आज पत्रकार सम्मेलन गर्दैछ ।
नेतृ रामकुमारी झाक्री लगायत नेताहरुले काठमाण्डौंमा आज पत्रकार सम्मेलन गर्दैछन् । पत्रकार सम्मेलन गरेर झाँक्री लगायत केही नेताहरु एमालेमा फर्कने घोषणा गर्न लागेको बताईएको छ ।
आजै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित ९ वटा पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी घोषणा गर्दैछन् ।
एकता घोषणासभाबाट घोषणापत्र, अन्तरिम विधान पारितका साथै केन्द्रीय समिति गठन गरिने माओवादीका प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिएका छन् ।