
नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एकीकृत समाजवादी पार्टीसँगको यात्रा समाप्त भएको घोषणा गरेकी छन् ।
आज काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी एकताको निर्णयसँगै नेकपा एससंगको अध्याय पनि बिसर्जन भएको बताएकी हुन् ।
नेतृ झाँक्रीले एकीकृत समाजवादी आजै दिउँसो १ बजेबाट विघटन हुने भएसँगै उक्त पार्टीसँगको आफ्नो यात्रा पनि टुंगिएको बताएकी हुन् ।
‘उक्त पार्टीसँगको यात्रा र अध्याय सकियो, अहिले यो हाम्रो पजको अवस्था हो’, झाँक्रीको भनाइ छ । जेनजी आन्दोलनपछि नेपालका राजनीतिक दलहरूमाथि समेत प्रश्न उठेको भन्दै उनले लोकतन्त्रको प्रत्याभूति र शान्ति सुरक्षाका लागि राजनीतिक दलहरूलाई नै जिम्मेवार बनाउन जरुरी रहेको जिकिर गरिन् ।
झाक्रीले एमाले र माओवादी मिलेर नेकपा बनेसँगै पार्टीभित्रको लोकतन्त्र समाप्त भएको तथा आज माओवादी र एकीकृत समाजवादी लगायतको एकताले पनि लोकतन्त्र नासिने ठोकुवा गरिन् । माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ दलबिच आजै पार्टी एकता हुँदैछ ।
नेतृ झाँक्री लगायतका एकता प्रक्रियामा नगएका नेताहरू एमाले प्रवेश गर्ने तयारिमा रहेको बताईएको छ ।