काठमाण्डौं, असोज ७ :

सहकारीको रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी प्रधान कार्यालयलाई तत्काल कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालयमा कार्यान्वयनका लागि आएको निर्देशन अनुरुप गृहमन्त्री लेखकले कार्यान्वयनका लागि प्रहरीलाई  निर्देशन दिनुभएको हो ।

मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको थियो ।