शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १९ कात्तिक, २०८२ मा प्रकाशित
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं, कात्तिक १९ :

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १२ दशमलव १७ अङ्कले बढेर दुई हजार ६०७ दशमलव ४२ को बिन्दुमा कायम भएको हो ।

आज ३१२ कम्पनीको ९२ लाख १८ हजार ८१० कित्ता शेयर ४२ हजार ८७९ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ६८ करोड १९ लाख २२ हजार ८१४ दशमलव ९६ को कारोबार भएको छ । आजको कारोबारमा होटल तथा पर्यटन र म्युचुअल फण्ड समूहबाहेक अरु सबै समूहको उपसूचक बढेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको रू ३८ करोड ६१ लाख ५२ हजार ४८४ बराबरको सात लाख १० हजार २५९ कित्ता शेयर किनबेच भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार