मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

माधव नेपालले भने- अब हाम्रो अग्नि परीक्षा सुरु भयो

जेनजी पुस्ताई पनि हातेपालो गर्दै अगाडि बढ्न आह्वान
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १९ कात्तिक, २०८२ मा प्रकाशित
माधव नेपालले भने- अब हाम्रो अग्नि परीक्षा सुरु भयो
काठमाडौं, कात्तिक १९ :

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले अब हाम्रो अग्नि परीक्षा सुरु भएको बताएका छन् । पार्टी एकता घोषणा कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै सहसंयोजक नेपालले यस्तो बताएका हुन् ।

उनले पुरानै पार्टीको यो नयाँ रुप मात्र नभइ कमी- कमजोरी र त्रुटिहरुको समिक्षा गरेर नयाँ रुप दिएको बताए । पार्टीको मूल जिम्मेवारी कार्यकर्तासँग मात्र होइन देशभरिका जनतासँग एकाकार गर्ने हो ।

जेनजी पुस्ता र सामाजिक अभियन्ताहरुलाई पनि हातेपालो गर्दै अगाडि बढ्न पनि नेता नेपालले आह्वान गरे । नेपालको राजनीतिको महत्वपूर्ण शक्तिको रुपमा अगाडि बढाएर लैजाने प्रतबद्धता व्यक्त गरे ।

क्रान्तिकारी चरित्र बोकेका योद्धाहरुको यस पार्टीमा अझै केही बामपन्थी घटनलाई समेट्न बाँकी रहेको उनले बताए ।साथै उनले आफूहरु मदन भण्डारीको उत्तराधिकारी भएको समेत बताए ।

कम्युनिस्ट पार्टीको नाममा बहुमत मात्र नभई दुईतिहाई बहुमत समते ल्याएको भन्दै कम्युनिष्ट पार्टीहरुको उपादेयता नसकिएको बताए ।नेपालको राजनीतिको सबैभन्दा ठूलो रोग भ्रष्टाचार र कुशासन भएको नेता नेपालको भनाइ थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार