
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले अब हाम्रो अग्नि परीक्षा सुरु भएको बताएका छन् । पार्टी एकता घोषणा कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै सहसंयोजक नेपालले यस्तो बताएका हुन् ।
उनले पुरानै पार्टीको यो नयाँ रुप मात्र नभइ कमी- कमजोरी र त्रुटिहरुको समिक्षा गरेर नयाँ रुप दिएको बताए । पार्टीको मूल जिम्मेवारी कार्यकर्तासँग मात्र होइन देशभरिका जनतासँग एकाकार गर्ने हो ।
जेनजी पुस्ता र सामाजिक अभियन्ताहरुलाई पनि हातेपालो गर्दै अगाडि बढ्न पनि नेता नेपालले आह्वान गरे । नेपालको राजनीतिको महत्वपूर्ण शक्तिको रुपमा अगाडि बढाएर लैजाने प्रतबद्धता व्यक्त गरे ।
क्रान्तिकारी चरित्र बोकेका योद्धाहरुको यस पार्टीमा अझै केही बामपन्थी घटनलाई समेट्न बाँकी रहेको उनले बताए ।साथै उनले आफूहरु मदन भण्डारीको उत्तराधिकारी भएको समेत बताए ।
कम्युनिस्ट पार्टीको नाममा बहुमत मात्र नभई दुईतिहाई बहुमत समते ल्याएको भन्दै कम्युनिष्ट पार्टीहरुको उपादेयता नसकिएको बताए ।नेपालको राजनीतिको सबैभन्दा ठूलो रोग भ्रष्टाचार र कुशासन भएको नेता नेपालको भनाइ थियो ।