शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण #पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण
समाचार

कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

· बिहीबार, २० कात्तिक, २०८२ मा प्रकाशित
कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू
काठमाडौं, कात्तिक २० :

कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)ले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्यमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना प्रारम्भ गरेको छ ।

बुधबार यहाँ उक्त परियोजना सञ्चालक समितिको पहिलो बैठक सम्पन्न भएसँगै ८० लाख अमेरिकी डलर बराबरको पाँचवर्षे परियोजना बर्दियामा सुरु भएको हो ।

कोइकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बैठकको अध्यक्षता सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सहसचिव नीता पोखरेल  तथा सह–अध्यक्षता कोइकाका देशीय निर्देशक कङ मुहोनले गरेका छन् ।

बैठकमा बर्दियाका बरबर्दिया, बाँसगढी, बढैयाताल, गेरुवा, गुलरिया, मधुवन, राजापुर र ठाकुरबाबाका नगरप्रमुखहरू, बर्दिया राष्ट्रिय निकुञ्जका प्रतिनिधि तथा कोरियन इन्स्टिच्युट फर डेभलपमेन्ट स्ट्राटेजीका  व्यवस्थापन परामर्शकर्ता टोलीका सदस्य  उपस्थित थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार