काठमाडौं, कात्तिक २० :

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न समूहसँग आज छलफल गरेका छन्। जेनजी प्रदर्शनपछिको राजनीति र त्यसका मर्मअनुसार समग्र राजनीतिको पुनःगठनसहित वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि छलफल भएको बताइएको छ  ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डिपी अर्याल, नेपाल समाजवादी नयाँ शक्तिका आयोजक समितिका संयोजक अध्यक्ष दुर्गा सोब, प्रगतिशील अभियानका नेताहरु जनार्दन शर्मा र सुदन किराँती, उज्यालो नेपाल अभियानलगायतका प्रतिनिधि सहभागी छन् ।

हिजो माआवादी र एकीकृत समाजवादी लगायतका १० दलबीच एकता भएको थियो । पूर्वप्रधानमन्त्री भट्टराईले ती दलका असन्तुष्ट नेताहरुलाई समेटेर नयाँ शक्ति निर्माणको पहल गरेका हुन् । यद्यपि ती नेताहरुले कुनै न कुनै अभियान घोषणा गरिसकेका छन् ।