शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

कागेश्वरी मनोहरा नगरपालिकाले युवाका लागि १० दिने आईटी तालिम दिँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २० कात्तिक, २०८२ मा प्रकाशित
कागेश्वरी मनोहरा नगरपालिकाले युवाका लागि १० दिने आईटी तालिम दिँदै
काठमाडौं, कात्तिक २० :

कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्रका युवालाई रोजगारीमुखी बनाउने उद्देश्यसहित निःशुल्क १० दिने सूचना प्रविधि (आईटी) तालिम सञ्चालन गर्दैछ।

नगरपालिकाले जेनेस सोलुसन प्रालिको सहकार्यमा आयोजना गर्न लागेको यो तालिममार्फत युवाहरूलाई डिजिटल साक्षरता बढाउने र कार्यस्थल तत्परता (वर्कप्लेस रेडिनेस) सम्बन्धी सीप विकास गराउने लक्ष्य लिएको छ।

तालिम आगामी यही कात्तिक २१ गते (शुक्रबार)देखि सुरु हुने छ। तालिम कागेश्वरी मनोहरा नगरपालिकाको सभाहल, थली–५, काठमाडौंमा दिउँसो १ बजेबाट सुरु हुने नगरपालिकाले जनाएको छ।

नगरपालिकाले इच्छुक युवाहरुलाई यो अवसर प्रयोग गर्न आग्रह गर्दै, सहभागिता जनाउनका लागि उपलब्ध (गुगल फर्म) भरेर आवेदन दिन अनुरोध गरेको छ।

नगरपालिकाका अनुसार यो तालिमले युवाहरूलाई आफ्नो नगरमै रोजगारीका अवसर सिर्जना गर्न र डिजिटल क्षेत्रमा आत्मनिर्भर बन्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

 आवेदन फारमः https://docs.google.com/.../1FAIpQLSeso9m.../viewform...

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार