
काठमाडौं, कात्तिक २० :
एकीकृत समाजवादी पार्टी (नेकपा एस) बाट अलग भएका नेताहरू रामकुमारी झाँक्री र किसान श्रेष्ठले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्। उनीहरू ओलीको भक्तपुरस्थित गुन्डु निवासमा पुगेर भेटेका हुन्।
एमालेमा फर्कने तयारी स्वरुप उनीहरुले एमाले अध्यक्षलाई भेटेका हुन् ।एमालेले उनीहरूलाई स्वागत गर्न कार्तिक २४ गते काठमाडौंको राष्ट्रिय सभागृहमा ‘घर फर्कने अभियान’ नामक विशेष कार्यक्रम आयोजना गर्ने जनाएको छ।
भेटका क्रममा एमाले महासचिव शंकर पोखरेल पनि उपस्थित थिए। माओवादी केन्द्रसहित १० वाम दल मिलेर बनेको नयाँ नेपाली कम्युनिस्ट पार्टी मा बुधबार नेकपा (एकीकृत समाजवादी) समाहित भएपछि झाँक्री र श्रेष्ठलगायत नेताहरू असन्तुष्ट बनेका थिए।