आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

मेयर बालेन शाहविरुद्ध युवा संघको जाहेरी

राहदानी रोक्का गरी तत्काल पक्राउ गर्न माग
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २० कात्तिक, २०८२ मा प्रकाशित
मेयर बालेन शाहविरुद्ध युवा संघको जाहेरी
काठमाडौं, कात्तिक २० :

नेकपा एमाले निकट युवा संघ नेपालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध जाहेरी दिएको छ। बिहीबार दिउँसो युवा संघका प्रतिनिधिहरू नेपाल प्रहरीको साइबर ब्युरो पुगेर मेयर शाहविरुद्ध उजुरी दर्ता गरेका हुन्।

युवा संघले मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत चीन, अमेरिका, भारत र नेपालका राजनीतिक दलहरूको नाम उल्लेख गर्दै अशोभनीय र आपत्तिजनक स्टाटस लेखेको आरोप लगाएको छ। उक्त स्टाटस केही समयपछि हटाए पनि त्यसले राजनीतिक दल र मित्रराष्ट्रहरूको मानमर्दन गरेको भन्दै युवा संघले आपत्ति जनाएको हो। युवा संघले जाहेरीमा शाहलाई तत्काल पक्राउ गरी विदेश भाग्नबाट रोक्न तथा राहदानी रोक्का गर्न पनि माग गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार