
काठमाडौं, कात्तिक २१ :
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रियसभामा दर्ता गरेको छ।
प्रतिनिधिसभा विघटन भएपनि राष्ट्रियसभामा दर्ता भएको यो पहिलो विधेयक हो। अन्तरिम सरकार गठनपछि संसदमा दर्ता भएको यसलाई अर्थमन्त्री रामेश्वर खनालले प्रस्तुत गरेका हुन्।
प्रतिनिधिसभा विघटन हुनु अघि नै विधेयक छलफलको चरणमा पुगेको थियो। सरकारका अनुसार उक्त विधेयकले वैकल्पिक स्रोतमार्फत विकास वित्त परिचालनका कानुनी आधार तयार गर्ने लक्ष्य लिएको छ।