काठमाडौं, कात्तिक २२ :

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ ।

आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बस्ने गरी बैठक बोलाइएको सो पार्टीले जनाएको छ ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी,सदस्य,आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई बैठकमा उपस्थित हुन अनुरोध गरिएको कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकले पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनको शोकमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि विगत एक महिनादेखि काठमाडौँको सीनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार गराइरहेका आलमको आज बिहान २ बजे निधन भएको हो ।