
काठमाडौं, कात्तिक २३ :
एकता विवादका कारण विभाजित नेकपा एकीकृत समाजवादीको संयोजक घनश्याम भुसाललाई बनाइएको छ ।
पार्टी पुनर्गठन पक्षधरले विभाजन पूर्व पार्टी महासचिव रहेका भुसाललाई संयोजक तोकेको हो । गएराति ६७ जना केन्द्रीय सदस्यको भर्चुअल मिटिङले उनलाई संयोजक तोकिएको हो।
पार्टीको नाम, झन्डा र चुनाव चिह्न यथावत् राख्ने, यद्यपि कानुनी र संसदीय व्यवस्थाका विषयलाई अध्ययन गर्दै आवश्यकताका आधारमा अगाडि बढ्ने निर्णय बैठकले गरेको छ ।
विशेष महाधिवेशनअघि मंसिर मै राष्ट्रिय भेला आयोजना गरिने भएको छ । त्यसको मिति आज भोलिमै तोकिने बताइएको छ ।