काठमाडौं, कात्तिक २३ :

नक्सालस्थित भाटभटेनी सुपरमार्केटको भवन भत्काउने क्रममा आइतबार तीन मजदुर घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार जेन–जी आन्दोलनपछि भदौ २४ गते तोडफोड र आगजनीमा परेको सो भवनलाई भत्काउने क्रममा एक्कासी माथिबाट संरचना खस्दा कामदारहरू च्यापिएका हुन्।

घाइते हुनेमा हेटौंडाका ३३ वर्षीय राजकुमार स्याङ्तान, २५ वर्षीय दीपक तामाङ र २१ वर्षीय अजय पाख्रिन रहेका छन्। स्याङ्तानको टाउको र खुट्टामा, तामाङको हात र खुट्टामा चोट लागेको बताइएको छ। भवन भत्काउने कार्यमा जम्मा १७ जना कामदार खटिएका थिए।

भवन ढल्नेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेर उनीहरुको उद्धार गरेको थियो। काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापा स्वयं टोलीसहित घटनास्थल पुगेका थिए। जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण भाटभटेनीको नक्साल शाखा गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो। 

No description available.

 

No description available.