बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार शिक्षा

कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक, ७३ प्रतिशतले पाए ग्रेड

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २४ कात्तिक, २०८२ मा प्रकाशित
कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक, ७३ प्रतिशतले पाए ग्रेड
भक्तपुर, कात्तिक २४ :

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आइतबार साँझ प्रकाशित नतिजाअनुसार, परीक्षामा सहभागी कुल १ लाख ४ हजार २६ जना विद्यार्थीमध्ये ७६ हजार ३६७ जनाले ग्रेड प्राप्त गरेका छन्। यो संख्या कुल परीक्षार्थीको ७३.४१ प्रतिशत हो।

बोर्डका अनुसार चार जना विद्यार्थीको परीक्षाफल रद्द गरिएको छ।गत असोज ७ र ८ गते देशभर एकैसाथ कक्षा १२ को मौका परीक्षा सञ्चालन गरिएको थियो।


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार