काठमाडौं, कात्तिक २४ :

एकीकृत समाजवादी पार्टी छाडेका नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरु औपचारिक रुपमा एमालेमै फर्किएका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित एक समारोहकाबीच अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई स्वागत गरेर एमालेमा भित्र्याए । 

उनीहरु  एमाले छोडेर माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीमा गएका थिए।  पहिले एमालेमै रहेका तर बीचमा विभिन्न दलमा गएकालाई घर फर्क अभियानअन्तर्गत स्वागत गरिएको हो ।