
काठमाडौं, कात्तिक २४ :
सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए । कार्कीले कात्तिक २७ गतेदेखि पदभार सम्हाल्ने छन्।
कार्की ३० वर्षे सेवा अवधि कायम रहे २०८४ चैतसम्म प्रहरी महानिरीक्षकमा रहनेछन् । ३० वर्षे सेवा अवधिकै कारण हालका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ अवकाश हुँदैछन् ।