बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

कुलमानको उज्यालो नेपालले पदाधिकारीको अद्यावधिक विवरण निर्वाचन आयोगमा बुझायो

५१ सदस्यीय केन्द्रीय समितिको अध्यक्षमा अनुपकुमार उपाध्याय , चुनाव चिह्न ५१ ‘चिम’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २५ कात्तिक, २०८२ मा प्रकाशित
कुलमानको उज्यालो नेपालले पदाधिकारीको अद्यावधिक विवरण निर्वाचन आयोगमा बुझायो
काठमाडौं, कात्तिक २५ :

उर्जामन्त्री कुलमान घिसिङको नेतृत्वको उज्यालो नेपाल पार्टीले पदाधिकारी अद्यावधिक गर्दै निर्वाचन आयोगमा नयाँ विवरण पेस गरेको छ। 

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उज्यालो नेपाल पार्टीले मंगलबार अपराह्न पदाधिकारी र विधान अद्यावधिक गरी आयोगमा विवरण बुझाएको हो।

अब आयोगमा पेस गरिएको नयाँ विवरणमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई अध्यक्षका रूपमा राखिएको छ।आयोगमा पठाइएको अद्यावधिक विवरणअनुसार पार्टीको चुनाव चिन्ह ‘चिम’ रहनेछ। पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय रहेको जनाइएको छ।

‘हाम्रो नाम पहिल्यै आयोगमा थियो,’केन्द्रीय सदस्य जितराम  लामाले भने, ‘अहिले त्यसमै केन्द्रीय कमिटी र विधान थप गरेका हौं। पूर्वसचिव अनुपकुमार उपाध्यायकै नाममा दर्ता भएको विवरणमा अपुग रहेका कागजात मात्र पूरा गरेका हौं।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार