
काठमाडौं, कात्तिक २६ :
निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी नेपाल आयोगमा दर्ता भएको छ ।
दल दर्ताका लागि चाहिने सबै प्रमाणहरू पुगेको आयोगले जनाएको छ । अब केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यले सनाखत गरेपछि आयोगले आज दल दर्ता गर्ने निर्णय गरेको हो । आजै प्रमाणपत्र लिने पनि बताईएको छ ।
रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीका संरक्षण रहेका चौधरीले छुट्टै दल दर्ता गराएका हुन् ।
यससँगै आयोगमा दर्ता भएका कुल दलको सङ्ख्या १२५ कायम भएको आयोगले जनाएको छ ।