बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेपाली कम्युनिस्ट पार्टी समाहित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २६ कात्तिक, २०८२ मा प्रकाशित
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेपाली कम्युनिस्ट पार्टी समाहित
काठमाडौं, कात्तिक २६ :

भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नेपाली कम्युनिस्ट पार्टीसँग समाहित भएको छ । आज राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमबीच रावल नेतृत्वको अभियान समाहित भएको हो।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावललगाएतका नेताहरुलाई पार्टीमा स्वागत गरेका थिए । त्यसअघि बुधबार नै दुई पार्टीबीच सात बुँदे सहमति भएको थियो ।

 सहमति अनुसार आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने र महाधिवेशनको मिति तथा स्थान सचिवालयले छिट्टै निर्धारण गरिने उल्लेख रहेको नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिए ।

त्यस्तै महाधिवेशनमार्फत एकीकृत पार्टीको संरचना, नीति तथा नेतृत्वलाई संस्थागत गरिने, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता र आत्मनिर्णयको अधिकारको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको ज्वालाले बताए ।

त्यसैगरी समाजवाद र सामाजिक न्यायमा आधारित आर्थिक–सामाजिक रुपान्तरण र समृद्धिको अभियानलाई संयुक्त रूपमा अघि बढाउने सहमति दुई पार्टीबीच भएको छ भने मातृभूमि जागरण अभियान अन्तर्गतका सबै तहका कार्यकर्ताहरूलाई नेपाली कम्युनिस्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिमा समायोजन गरिने उल्लेख छ । 

कार्यक्रमलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, सह-संयोजक माधव कुमार नेपाल, नेता झलनाथ खनाल  र मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावलले सम्बोधन गर्नेछन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार