बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

पूर्वगृहमन्त्री लेखकले भने- जेनजी आन्दोलनमा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन्न

स्थानहद र राहदानी रोक्का भएको जानकारी छैन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २६ कात्तिक, २०८२ मा प्रकाशित
पूर्वगृहमन्त्री लेखकले भने- जेनजी आन्दोलनमा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन्न
फाइल तस्बिर ।
काठमाडौं, कात्तिक २६ :

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद तोकिएको र राहदानी रोक्का गरिएको विषयमा कुनै जानकारी नदिएको बताएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उनले सरकार वा कुनै निकायले आफूलाई लिखित वा मौखिक रूपमा सूचना नपठाएको बताए। ‘कुन कानुन र कुन औचित्यका आधारमा यस्तो निर्णय भयो भन्ने बारे जानकारी छैन,’ लेखकको भनाइ छ।

उनका अनुसार दुई महिना अघि आफू र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानहद तोकिएको र राहदानी रोक्का गरिएको समाचारबाट मात्रै थाहा पाएका हुन्।

लेखकले जेनजी आन्दोलनका क्रममा राज्य पक्षबाट भएको दमनप्रति आफू जिम्मेवार नभएको स्पष्ट पारे। उनले आन्दोलनका दिनहरूमा कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा निकायलाई पटक–पटक निर्देशन दिएको दाबी गरे। ‘क्याजुलिटी नहोस् भनेर मैले गृहमन्त्रालय र प्रहरी प्रमुखलाई पटक–पटक भनें,’ उनले बैठकमा सुनाए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार