मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

भीम रावलको साथ पाएपछि माधव नेपालले ओलीलाई यस्तो भने...

‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २६ कात्तिक, २०८२ मा प्रकाशित
भीम रावलको साथ पाएपछि माधव नेपालले ओलीलाई यस्तो भने...
काठमाडौं, कात्तिक २६ :

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले आफ्नो एकता अभियानका कारण केपी शर्मा ओलीको ‘सातो गएको’ टिप्पणी गरेका छन्।

बुधबार मातृभूमि जागरण अभियान नेकपामा समाहित गर्ने कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै भने, ‘एकताको अभियानले नेपालको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ। कम्युनिस्ट आन्दोलनका कतिपय घटकहरूको सातो गएको हुनुपर्छ, होस् हवास गुमाउनु आवश्यक छैन।’

नेपालले गालीगलौजमा उत्रिनु पर्ने आवश्यकता नभएको उल्लेख गर्दै व्यंग्यात्मक शैलीमा ओलीलाई ‘धन्यवाद प्रस्ताव’ पास गर्न सुझाव दिए। ‘बरु हामीलाई धन्यवाद दिनुहोस्, मैले बिगारेँ, तपाईंहरूले सपार्दै हुनुहुन्छ भनेर धन्यवाद प्रस्ताव पास गर्नुभयो भने हाम्रो घाउमा मल्हमको काम गर्नेछ,’ उनले भने।

उनले मातृभूमि जागरण अभियानसँगको एकतालाई ऐतिहासिक कदम भन्दै सबैलाई धन्यवाद ज्ञापन गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार