सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निशा मेहता#स्वास्थ्यमन्त्री#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत #निशा मेहता#स्वास्थ्यमन्त्री#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत
राजनीति भिडियो

आईजीपी कार्कीले सम्बोधनका क्रममा ‘अमर प्रहरी’ लाई सम्झिँदा भक्कानिए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २७ कात्तिक, २०८२ मा प्रकाशित
आईजीपी कार्कीले सम्बोधनका क्रममा ‘अमर प्रहरी’ लाई सम्झिँदा भक्कानिए
काठमाडौं, कात्तिक २७ :

नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्की दर्ज्यानी चिह्न लगाएपछि सम्बोधनका क्रममा भावुक बनेका छन्। सम्बोधनको सुरुवातमै ‘अमर प्रहरी’को प्रसंग आउँदा उनी भक्कानिएका थिए।

कार्कीले भनाइ सुरु गर्दै, ‘म सर्वप्रथम राष्ट्र र नागरिक सेवाका क्रममा वीरगति प्राप्त गर्नुभएका…’ भनेपछि उनका गला अवरुद्ध भएका थिए। केही क्षण रोकिएर उनले अगाडि रहेको टिस्यु पेपरले आँखा र नाक पुछेपछि मात्र सम्बोधन जारी राखेका थिए। हुन पनि जेनजी आन्दोलनका क्रममा तीनजना प्रहरी कर्मचारीले ज्यान गुमाएको तस्विर सवैको मानस्पटलमा ताजैछ ।

उनीले आफूले पाएको विशिष्ट जिम्मेवारी पारदर्शी र जवाफदेहिताका साथ पूरा गर्ने प्रतिबद्धता जनाए । नागरिकमा सेवा भावको पूर्ण प्रत्याभूति दिलाउने आश्वासन समेत दिए ।

प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधिका कारण अघिल्ला प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएपछि नेपाल प्रहरीको कमाण्ड अब कार्कीको नेतृत्वमा आएको हो।

त्यसो त निर्वतमान आईजीपी चन्द्रकुवेर खापुङले पनि खुलेरै प्रहरी संठगन र तत्लो तहका सिपाहीको पक्षमा खुलेर बोल्दै आएका थिए । जेनजी आन्दोलनमा प्रहरीको मनोबल कम्जोर पार्ने काम भएको जनाउँदै नीतिगत रुपमा नै संगठनलाई बलियो बनाउनु पर्छ भन्नेमा खापुङले जोड दिँदै आएका छन् । 

जुनसुकै आन्दोलन भए पनि सुरुमा नै प्रहरीका तत्लो तहका कर्मचारीलाई बोलाएर सोधपुछ गर्ने परम्पराको उनले विरोध गरेका छन् । राज्यले दिएको जिम्मेवारी पूरा गर्नु प्रहरीको कर्तव्य हो, खापुङको भनाइ छ ।वर्तमान आईजीपीले पनि खापुङकै बाटो आत्मसाथ गर्ने देखिन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार