
नेपाली कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले पार्टीको १५ औँ महाधिवेशन प्रतिनिधि सभा निर्वाचनअघि नै गर्नुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।
शुक्रबार उनीहरुले पार्टी कार्यालय सानेमा पुगेर फागुन २१ गते हुने चुनाव परिणाममुखी बनाउन पार्टीको १५ औं महाधिवेशन मंसिर १५ भित्रै सुरु गर्नुपर्ने लगायतका विभिन्न माग राखेर ज्ञापनपत्रमा बुझाएका हुन ।
ज्ञापनपत्रमा महाधिवेशन सम्पन्न गर्ने पहिलो खुड्किलो क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण भएकाले यो काम समय सीमा निर्धारण
गरेर टुंग्याउन माग गरिएको छ। यस्तै वर्तमान अवस्थालाई मध्यनजर गरी युवा पुस्ताहरुको उल्लेखनीय प्रतिनिधित्व पूरा हुने गरी विधानमा संसोधन हुनुपर्ने , पार्टीको अन्तरिम निर्वाचन समितिलाई अभिलम्ब पूर्णता दिनुपर्ने, १५ औँ महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिवासी जनजाती, थारु, मधेसी, मुस्लिम, पिछडिएका क्षेत्र र वर्ग तथा अपागंता भएकाहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न पनि माग गरिएको केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले बताए ।
ज्ञापनपत्रमा उनीहरुले स्थानीय, प्रदेश र संघीय तहका निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्तअनुसार उम्मेद्वार बनाउन र संविधान संशोधनका सन्दर्भमा पार्टी वा वडादेखि केन्द्रीय तहसम्म संवाद चलाइ स्पष्ट दृष्टिकोण सहितको पार्टीको अवधारणा बनाउन पनि माग गरेकाछन ।