बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

जेनजी अभियन्ता ढुंगाना भन्छन्- यथास्थितिमा निर्वाचनमा जान सकिदैन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २८ कात्तिक, २०८२ मा प्रकाशित
जेनजी अभियन्ता ढुंगाना भन्छन्- यथास्थितिमा निर्वाचनमा जान सकिदैन
काठमाडौं, कात्तिक २८ :

जेनजी अभियन्ता मिराज ढुंगानाले मुलुकलाई वर्तमान अवस्थाबाट निकास दिन तत्काल सर्वपक्षीय वार्ता आवश्यक रहेको र यथास्थितिमा निर्वाचनमा जान नसकिने स्पष्ट गरेका छन्।

ढुंगानाका अनुसार कुनै पनि समाधान खोज्ने प्रयास नगरी निर्वाचनतर्फ अगाडि बढ्नु जनताप्रति अन्याय हुने र यसले मुलुकको स्वाधिनता दीर्घकालीन रूपमा क्वेशनएबल बन्न सक्ने चेतावनी दिए।

काठमाडौंमा  शुक्रबार आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनले उठाएका मुद्दाहरू प्रमाणित गरी समाधान प्रक्रिया अघि बढाउनुपर्ने भन्दै जेनजी युवाहरूसमेतलाई सोझै निर्वाचन नभनिदिन आग्रह गरे।

उनले देश अहिले रोइरहेको अवस्थामा जिम्मेवारीपूर्वक राजनीतिक निकास खोज्नु जरुरी रहेको उल्लेख गर्दै सर्वपक्षीय सहमतिबिना हुने कुनै पनि चुनावले मुलुकलाई थप अन्योलतिर धकेल्ने दाबी गरे।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार