जनकपुर, कात्तिक २८ :

धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाअध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या भएको छ। शुक्रबार साँझ करिब ६ बजेतिर अज्ञात समूहले यादवमाथि गोली हानी फरार भएको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन्। 

गोली लागेर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ। स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका यादवको हत्या प्रकरणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाइएको छ।