
काठमाडौं, कात्तिक २९ :
नेकपा एमालेले आज देशैभर जनसभा गर्दैछ ।
प्रतिगामी षडयन्त्र विरुद्ध जनपरिचालन कार्यक्रम अन्तर्गत अधिकांश जिल्लाका सदरमुकाम वा ठूला शहरमा जनसभा गर्न लागेको सो पार्टीले जनाएको छ ।
जनसभामा व्यापक जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरू जिल्लामा खटिएका छन् । पार्टीले सबै जिल्ला इन्चार्जलाई जिम्मेवारी क्षेत्रमा खटाएको छ ।
एमालेले जनपरिचालनका कार्यक्रम चार चरणमा सञ्चालन गरिरहेको छ । पहिलो चरणमा कात्तिक २२ गते देशैभर वडा भेला भएका छन् । कात्तिक २५ गते अधिकांश पालिकामा जनप्रदर्शन तथा र्याली गरिएको छ ।
तेस्रो चरणको कार्यक्रम अन्तर्गत आज सबै जिल्लामा जनसभा हुँदैछ ।
मंसिर ६ गते काठमाडौँमा विशाल जनसभा गरेर समापन गरिने सो पार्टीले जनाएको छ ।