काठमाडौं, कात्तिक २९ :

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक ललितपुरको धोबीघाटमा जारी छ ।

केन्द्रीय समितिको बैठकमा महाधिवेशनबारे विवादमा सहमति हुन सकेको छैन । विशेष महाधिवेशनको विषयमा मतभेद हुँदा सहमति जुट्न सकेको छैन । एक पक्ष तत्कालै विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छ भने  अर्कोथरी नियमित महाधिवेशनको अडानमा छन् ।

यही विषयमा थप छलफल गरी सहमति जुटाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको हो ।